नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

नेपाल स्काउटको शैक्षिक पद्धती आयुक्तमा थापा निर्वाचित

ओखलढुङ्गान्युज, फागुन २२ ।  नेपाल स्काउटको शैक्षिक पद्धती आयुक्तमा सन्तोष कुमार थापा निर्वाचित भएका छन् । युवा तथा खेलकुद मन्त्रि डिक बहादुर लिम्बुको अध्यक्षतामा नेपाल स्काउटको प्रधान कार्यालय लैनचौरमा बसेको राष्ट्रिय परिषदको बैठकले थापालाई निर्वाचित गरेको हो ।

झण्डै १२ वर्षको अन्तराल पछि भएको निर्वाचन संगै नेपाल स्काउटले नयाँ समिति पाएको हो । नयाँ समितिले स्काउट जस्तो मर्यादित संस्थाको मूल्य मान्यतालाई कायम राख्दै अनुशासित तथा देशभक्त समाज निर्माणका लागि अग्रणी भूमिका खेल्ने आयुक्त थापाको भनाइ छ । युवा तथा खेलकुद मन्त्रि नेपाल स्काउटको राष्ट्रिय परिषद्को अध्यक्ष हुने व्यवस्था छ ।

नव निर्वाचित नेपाल स्काउटको, प्रमुख आयुक्तमा महेन्द्रराज रञ्जित, सहप्रमुख आयुक्तमा किरण गिरी, इन्दु तिवारी सुवेदी र अन्तर्राष्ट्रिय आयुक्तमा देवराज घिमिरे नियुक्त भएका छन् । भने राष्ट्रिय कार्यकारी समिति सदस्यमा आयुक्त शिवराम अर्याल लगायत १५ जनाको केन्द्रीय समिति गठन भएको छ । यो संगै  गत माघ २७ गते भएको राष्ट्रिय परिषद र प्रदेश परिषद्को निर्वाचनले पूर्णता पाएको छ । नेपाल स्काउट युवाहरु को शैक्षिक संस्था हो ।

स्काउट आन्दोलन विश्वव्यापी युवा सामाजिक आन्दोलन हो जसले स्काउट विधि, अनौपचारिक शिक्षाको कार्यक्रम, जसमा प्रायस् बाहिरी गतिविधिहरु, सहसिक पर्यटन, वनस्पति विज्ञान, जलजीवन, हाइकिङ, क्यम्पिंग, र खेलकुद समावेश छन् । नेपाल स्काउट १९५२ मा नेपालमा स्थापित भएको हो र यसले १९६९ मा विश्व स्काउट आन्दोलनको सदस्यता प्राप्त गरेको थियो । यसले विश्व गर्ल गाइड र गर्ल स्काउट संघको सदस्यता पनि १९८४ मा प्राप्त गरेको थियो ।