नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

लिखुमा एक कृषकका ८ ओटा पशु चौपायाको आकश्मिक मृत्यु

ओखलढुङ्गान्युज, फागुन १७ जिल्लाको लिखु गाउँपालिका वडा नं. २ सिंहदेवीका एक कृषकको ८ ओटा पशुचौपायाको एकैपटक मृत्यु भएको छ । सिंहदेवीका होम बहादुर तामाङको ८ ओटा पशु चौपायाको आकश्मिक मृत्यु भएको हो ।

तामाङले पालेका ४ ओटा खशी, १ ओटा व्याउने बाख्रा र १ ओठा सानो पाडो, १ ओटा थोरे र १ ओटा ब्याउने भैसी मरेको हो । तामाङका श्रीमान् श्रीमती दुवैजना विहान १२ बजेतिर खशी बाख्रा लिएर जंगलमा चराउन गएका थिए । जंगलमा चराउन लगेको एउटा खशी अलिक विरामी जस्तो देखिएपछि १ बजेतिर उपचार गराउनु पर्छ भन्दै खशी बाख्रालाई घर तर्फ ल्याउन लागेका थिए । खशी बाख्रा घरमा ल्याउदै गर्दा ४ ओटा खशी र १ ओटा बाख्रा बाटामा नै मरेको पिडित तामाङले बताए ।

अरु खशी बाख्रा घरमा ल्याउदै गर्दा अरु केही विरामी देखिएका छन् । घरमा खशी बाख्रा ल्याएरु विरामीको उपचार गर्दै गर्दा सानो भैसीलाई पनि बिमार लागेको जस्तो देखेपछी उठाउन खोज्दा खोज्दै थलामा नै मरेको तामाङले बताए । एउटा मरेपछि अर्कालाई पनि रोग सर्ने आशंकामा भैसी फुकाउन खोज्दा नमानेको र एक्कासी उठेर बल गर्दा किला भाचेर गएर केहि पर टाढा ढलेको तामाङले बताए ।

पशुचौपाया के कारणले मरे भनेर केहि खुलेको छैन भने अहिले अचानक खशी बाख्रा र भैसी मरेपछि स्थानीयबासी तामाङको घरमा जम्मा भएर बाँकी खशी बाख्राको उपचारमा संलग्न रहेका छन् । घटनाबारेमा जानारी पाउनसाथ वडाका जनप्रतिनिधीहरु समेत तामाङको घरमा पुगेको र वडा कार्यालयमा रहेको पशुचौपायाको औषधी प्रयोग गरेर विरामीको उपचार गरिरहेको लिखु गाउँपालिका वडा नं. २ का वडा सदस्य कमला खड्काले जानकारी दिईन् ।

केहि दिन अगाडी मात्रै पालिकाले गाउँपालिका भित्र खोरेत रोगको भ्याक्सिन चलाएको लिखु गाउँपालिकाका अध्यक्ष अशोक कार्कीले जानकारी दिए । खोरेत रोग विरुद्ध लगाएको खोपको कारणले हो वा खन्य कारणले पशु चौपायको मृत्यु भएको हो भन्ने बारेमा पहिचान नभएको र घटनाथलमा पशुचिकित्सक सहितको टोली पठाईएको गाउँपालिका अध्यक्ष कार्कीले जानकारी दिए ।