नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधी सिद्धिचरण नगरपालिकालाई

ओखलढुङ्गान्युज, फागुन १५ । ओखलढुङ्गा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधी सिद्धिचरण नगरपालिकाले जितेको छ । फागुन ११ देखी रुम्जाटार माविको खेलमैदानमा सञ्चालन भै १४ गते सम्पन्न भएको प्रतियोगिताको उपाधी सिद्धिचरण नगरपालिकाले २६ स्वर्णका साथ जितेको हो ।

सिद्धिचरण नगरपालिकाले २६ स्वर्ण, ११ रजत, १२ कास्य गरि कूल ४९ पदकका साथ प्रथम हुदै जिल्ला स्तरीय शिल्ड जितेको हो । त्यस्तै मानेभञ्ज्याङ्ग गाउँपालिका १५ स्वर्ण, २१ रजत, १० कास्य सहित कूल ४६ पदकका साथ दोश्रो भएको छ भने चम्पादेवी गाउँपालिका १० स्वर्ण, १ रजत सहित कूल ११ पदकका साथ तेश्रो भएको हो ।

त्यस्तै सुनकोशी गाउँपालिकाले ९ स्वर्ण, १८ रजत ८ कास्य गरी कूल ३५ पदकका साथ चौैथो स्थानमा रहन पुग्यो । खिजिदेम्बा गाउँपालिका ५ स्वर्ण, १ रजत र १७ कास्य गरी कूल २३ पदकका साथ पाँचौं स्थानमा रहन पूग्यो । प्रतियोगितामा मोलुङ गाउँपालिकाले ४ स्वर्ण, १ रजत र २ कास्य सहित कूल ७ पदक प्राप्त गर्न सफल बन्यो । चिशंखुगढी गाउँपालिकाले ३ स्वर्ण, ११ रजत र २ कास्य गरि कूल १६ पदक प्राप्त गर्न सफल बन्यो भने लिखु गाउँपालिकाले २ स्वर्ण, १० रजत, १४ कास्यका गरी कूल २६ पदक प्राप्त गर्न सफल रह्यो ।

प्रतियोगितामा विजेता बनेका गाउँपालिकाका शिक्षा शाखालाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रविण श्रेष्ठ र समापन सत्र कार्यक्रमका प्रमुख अतिथि सिद्धिचरण नगरपालिकाका प्रमुख मेयर तेजन खनालले नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

राष्ट्रपति रनिङशिल्ड खेलकूद प्रतियोगिता २०८० को समापन सँगै आगामी शैक्षिक सत्र २०८१ को राष्ट्रपति रनिङशिल्ड खेलकूद प्रतियोगिता भने चम्पादेवी गाउँपालिकाले आयोजना गर्ने भएको छ । राष्ट्रपति रनिङशिल्ड खेलकूद प्रतियोगिता २०८१ सञ्चालनका सिद्धिचरण नगरपालिकाको तर्फवाट मेयर तेजन खनाल र जिल्ला खेलकूद विकास समितीका अध्यक्ष प्रविण श्रेष्ठले शोमबार नै चम्पादेवी गाउँपालिकाका प्रवक्ता सुजन पौडेललाई झण्डा हस्तान्तरण गरेका थिए ।