नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गाः राष्ट्रपति रनिङशिल्डमा दोश्रोदिन सिनपालाई ७ स्वर्ण सहित अग्रता 

ओखलढुङ्गान्युज, फागुन १३ । शुक्रबारबाट ओखलढुङ्गामा सुरु भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा दोश्रो दिन सिद्धिचरण नगरपालिकाले अग्रता लिएको छ । दोश्रो दिनको खेल सम्पन्न हुँदा सिद्धिचरण नगरपालिकाले ७ स्वर्ण, ६ रजत, ३ कास्य सहित १६ पदकका साथ अग्रता लिएको हो ।

त्यस्तै मानेभञ्ज्याङ गाउँपालिकाले ७ स्वर्ण, ३ रजत, १० कास्य सहित कूल २० पदकका साथ सिद्धिचरण नगरपालिकालाई पछ्याई रहेको छ । खेलको दोश्रोदिन सकिदा सम्म खिजिदेम्बा गाँउपालिका तेश्रो स्थानमा छ । उसले ५ स्वर्ण, १ रजत र ४ कास्य सहित १० पदक प्राप्त गरेको छ ।

त्यसैगरी चिशंखुगढी गाँउपालिकाले ३ स्वर्ण, २ रजत, २ कास्य सहित ७ पदक, मोलुङ गाउँपालिकाले ३ स्वर्ण, १ रजत, १ कास्य सहित ५ पदक प्राप्त गरेको छ । लिखु गाउँपालिका २ स्वर्ण, १ रजत, ४ कास्य सहित कूल ७ पदकका साथ छैटौं स्थानमा छ । चम्पादेवी गाउँपालिकाले पनि १ स्वर्ण, १ रजत सहित सातौं स्थानमा रहेको छ । सुनकोशी गाउँपालिका पनि १३ रजत, ४ कास्य सहित कूल १७ पदकका साथ अन्तिम स्थानमा रहेको छ ।

आइतबार १००*४ रिले, ८०० मिटर, भलिबल र कबड्डी खेलका फाइनल प्रतिस्पर्धामा सन्चालन हुँदैछ । तीनदिन सम्म जारी यस प्रतियोगिता आइतबार समापन गर्ने तयारी रहेकोछ ।