नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

ओखलढुङ्गान्युज, फागुन १२ । ओखलढुङ्गामा एक पुरुषको कुटपिटबाट उनको आफ्नै श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका वडा नं. ४ बिप्ल्याटे बस्ने बर्ष ४० कि ङिमकिमु शेर्पा रहेकी छन् ।

गएराती साँढे ११ बजेतिर मृतक शेर्पालाई उनका श्रीमान काजी शेर्पाले मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाइते भएकी शेर्पालाई राती नै सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा शेर्पाको शनिबार विहानी राती साँढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । 

घटनाको बारेमा जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको टोलीले मृतकका श्रीमान् शेर्पालाई नियन्त्रणमा लिइएको जनाएको छ । मृतक शेर्पाको शबलाई जिल्ला अस्पताल रुम्जाटार पोष्ट मार्टम गरि परिवारलाई जिम्मा लगाएको जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।