नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

लिखुले ग¥यो गाउँपालिका गानको लागि रचनाको आव्हान

ओखलढुङ्गान्युज, फागुन ८ । जिल्लाको लिखु गाउँपालिकाले गाँउपालिकाको गान निर्माण गर्ने उद्देश्यका साथ साहित्यकार तथा कलाकारसँग रचनाको शब्द रचनाको लागि आव्हान गरेको छ । जिल्लाको अन्य स्थानीय तहले समेत आफ्नै गाउँपालिकाको गान तयारी गरेको अबस्थामा लिखु गाउँपालिकाले पनि आफ्नै गाउँपालिकाको गान तयार गर्न लागेको हो ।

गाउँपालिकाले एक सूचना प्रकाशित गर्दै लिखु गाउँपालिकाको बस्तुस्थिती, भूगोल, धर्मसंस्कृति झल्कने शब्द समाबेश भएको गाउँपालिका गानको शब्द रचना गरि उपलब्ध गराईदिन अनुरोध गरेको हो । आगामी फागुन १० गते सम्म रचना लय सहित उपलब्ध गराउनु पर्ने तथा शब्द रचनाकार भने लिखु गाउँपालिका भित्रका स्थायी बसोबास गरेका नागरिक हुनुपर्ने पनि गाउँपालिकाले नियम बनाएको छ ।

जिल्लाका अन्य स्थानीय तहहरुले पनि आफ्नै पालिका गान बनाउने क्रममा रहेकोले लिखु गाउँपालिकाको पनि आफ्नै गान बनाउने उद्धेश्यले लय सहित रचना पठाउन सूचना प्रकाशित गरिएको लिुख गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज श्रेष्ठले जानकारी दिए । उत्कृट गान रचना गरेर पठाउने एकजनालाई गाउँपालिकाले विशेष कार्यक्रमको अबसर पारेर पुरस्कृत गर्नुका साथै सम्मानित गर्ने कार्यक्रम रहेको पनि प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले जानकारी दिए ।

रचना [email protected] वा पोकल मगरको ९८४२९७२१०६ ह्वाट्स एप नम्बरमा पनि पठाउने सकिने पालिकाले सूचना मार्फत जानकारी गराएको छ ।