नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

सोलुखुम्बुकी सुत्केरी महिलाको ओखलढुङ्गाबाट हेलिकप्टर मार्फत उद्धार

ओखलढुङ्गान्युज, फागुन सोलुखुम्बु जिल्ला स्थायी ठेगाना घर भएकी एक सुत्केरी महिलालाई ओखलढुङ्गाबाट हेलिकप्टर मार्फत उद्धार गरिएको छ । उद्धार गरिएकी महिला सोलुदुधकुण्ड नगरपालिका वडा नं. ६ का सुनिल वि.क.का ३४ बर्षिय श्रीमती सविता विक रहेकी छन् ।

फागुन ६ गते सूतेकी बेथा लागेपछि उनलाई सामुदायीक अस्पताल सोब्रु ओखलढुङ्गा ल्याईएको थियो । ओखलढुङ्गा ल्याईएकी विकले शोमबार विहान १०ः२७ मा बच्चा जन्माएकी थिईन् । बच्चा जन्मिएपछि बच्चाको अबस्था कमजोर रहेको तथा सुत्केरी महिलालाई ब्लड पनि दिनुपर्ने तर ओखलढुङ्गामा ओ नेगेटिभ ब्लड ग्रुपको ब्लड सहज रुपमा उपलब्ध नहुने भएपछि काठमाण्डौं पठाईएको हो ।

सामुदायीक अस्पतालमा मासिक झण्डै १ सय भन्दा बढी गर्भवतीहरु सुत्केरी हुने गर्दछन् । सामान्य अबस्थाका सुत्केरी बाहेक सुत्केरी महिलामा जटिल स्वास्थ्य समस्या देखिएपछि सामुदायीक अस्पताल सोब्रुले पनि काठमाण्डौं रिफर गर्ने गरेको छ । सामुदायीक अस्पतालले सुत्केरी विकलाई पनि जटिल स्वास्थ्य समस्या देखिएको भन्दै काठमाण्डौं सिफारीस गरेको थियो ।

अस्पतालले काठमाण्डौं रिफर गरेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत उद्धार गरि काठमाण्डौं पठाईएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । जटिल स्वास्थ्य समस्या देखिएकी विकलाई नेपाली सेनाको एनए ०४५ नम्बरको हेलिकप्टर मार्फत थापाथली प्रसुती गृहमा पठाईएको पनि जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।