नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

सोलुखुम्बु घुम्न आएका दुई विदेशी नागरिकको मृत्यु

ओखलढुङ्गान्युज, फागुन सोलुखुम्बु जिल्लाको पर्यटकिय स्थलको भ्रमणमा आएका दुई विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा चीनका २६ वर्षीय वइनश्व डोगं र बेलायतका ४२ वर्षीया एलिजाबेथ डायरो रहेका छन् ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा बाटोमा अचेत अवस्थामा भेटिएका चिनीया नागरिक डोगंको उद्धार गर्ने क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए । त्यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ गोरक्क्षेपमा रहेको हिमालयन लजमा बास बसेका बेलायती नागरिक एलिजाबेथको पनि मृत्यु भएको प्रहरी निरीक्षक मिश्रले जानकारी दिए । बुधबार होटलमा बास बस्ने क्रममा साँझ उनी अचानक ढलेका थिए । अचानक ढलेका एलिजाबेथको सोही होटलमा नै केहि समय पछि मृत्यु भएको प्रहरी निरीक्षक मिश्रले जानकारी दिए ।

उनीहरुको शबलाई शव अल्टीच्यूट हेलिकोप्टरमार्फत लुक्ला ल्याई कानुनी प्रकृया पुरा गरेर शुक्रबार काठमाण्डौँको शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।