नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गामा भुस्याहा कुकुर आतंक, तीनदिनमा ६ जना घाईते

ओखलढुङ्गान्युज, फागुन ओखलढुङ्गामा भुस्याहा कुकुरले टोकर तीनदिनमा ६ जना घाईते भएका छन् । गत विहिबार देखी बजारक्षेत्रमा कुकुरले निरन्तर किशोर किशोरी तथा बालबालिकाहरुलाई निशाना बनाएको हो ।

कुकुरले टोकेर घाईतेहुनेहरुमा सुनकोशी १० कटुञ्जेका बर्ष २० की जानुका पराजुली, सुनकोशी ५ मूलकखर्ककी १० बर्षिया प्रिया तामाङ, मोलुङ गाउँपालिका १ कुन्तादेवीकी बर्ष ७ की रिया बोगटी, खोटाङकी बर्ष १८ की भूमिका राईलाई कुकुरले टोकेको हो । त्यस्तै शनिवार विहानै सिद्धिचरण नगरपालिका वडा नं. १२ का वर्ष १० का कृषल बोगटीलाई पनि कुकुरले टोकेको हो ।

कुकुरले टोकेका सुनकोशी १० की पराजुलीलाई विहिबार विहान कोठाबाट ओखलढुङ्गा क्याम्पसमा पढ्न जादै गर्दा कुकुरले टोकेको थियो । कुकुरले उनको दुवै खुट्टाको मासु निकालेको छ । स्थानीयले देखेर पराजुलीको तत्काल उद्धारगरि उपचारका लागि सामुदायीक अस्पताल सोब्रु ओखलढुङ्गा पु¥याईएको थियो । सामुदायीक अस्पतालमा उपचार हुन नसकेपछि अस्पतालले पराजुलीलाई काठमाण्डौं रिफर गरेको थियो । अस्पतालले रिफर गरेपछि उनलाई विहिबार नै एम्बुलेन्स मार्फत काठमाण्डौं पठाईएको पारिवारिक श्रोतले जनाएको छ ।

त्यस्तै शुक्रबार प्रिया तामाङलाई कोठा नजिकै रहेको बेला कुकुरले टोकेको हो । त्यस्तै राई भने छात्राबासमा रहेर सगरमाथा जनता माद्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । कुकुरले टोकेका तामाङ, राई र बोगटीलाई पनि सामुदायीक अस्पतालले काठमाण्डौं रिफर गरेको छ । सामुदायीक अस्पतालमा पर्याप्त मात्रामा रेविजको खोप भण्डारण नहुँदा उनीहरुलाई तत्काल काठमाण्डौं रिफर गरिएको अस्पताल श्रोतले जनाएको छ । 

बजार क्षेत्रमा कुकुरले आतंक मच्चाउदा पनि प्रशासन र सिद्धिचरण नगरपालिका भने मुकदर्शक बनेको छ । कुकुरले क्याम्पस तथा विद्यालयमा पढ्न आउने बालबालिकालाई टोक्न थालेपछि विद्यालय र क्याप्पसले नगरपालिकामा कुकुर नियन्त्रणका लागि निवेदन दिएको जनाएको छ ।

नगरपालिकामा निवेदन आएपछि अहिले आफ्नै कमाण्डमा नगरप्रहरीको टोली कुकुर नियन्त्रणमा लागेको सिद्धिचरण नगरप्रहरी प्रमुख असई सन्तोष अधिकारीले बताए । विद्यालय तथा क्याम्पसको निवेदन पश्चात नगरप्रहरीले शुक्रबार मात्र १४ ओटा कुकुरलाई नियन्त्रणमा लिई निगरानीमा राखेको छ । नियन्त्रणमा लिईएको मध्ये ४ ओटालाई छाडिएको र १० ओटालाई रेविज भएनभएको बारेमा हेर्नका लागि नगरप्रहरीले निगरानीमा राखेको नगरप्रहरी ईञ्चार्ज अधिकारीले बताए ।

कुकुरले बालबालिकालाई मात्र नभएर ठूलै मानिसहरुलाई समेत टोक्न थालेपछि त्रास फैलिएको छ । त्रासका कारण आफ्ना बालबालिकालाई विद्यालयमा पठाउन अविभाबकहरु डराउन थालेका छन् । कुकुरले आतंक फैलाउदा पनि सम्बन्धित निकाय भने मूकदर्शक बनिरहेको भन्दै स्थानीय नागरिहरु भने आक्रोषित बनेका छन् ।