नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

सुमोले मोटरसाइकललाई ठक्कर दिँदा ओखलढुङ्गामा एक जना गम्भिर घाइते

ओखलढुङ्गान्युज, फागुन ४ । शुक्रबार साँझ ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका ५ मानेभञ्ज्याङ चोकमा सुमोले मोटरसाइकललाई ठक्कर दिइ दुर्घटना भएको छ । सुमोले मोटरसाइकललाई ठक्कर दिइ दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।

दुर्घटनामा परि घाइते हुनेमा मानेभञ्ज्याङ गाउँपालिका ५ जेरुङ बस्ने बर्ष ४५ का बुद्धी बहादुर राई रहेकाे जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । काठमाण्डौबाट सोलुखुम्बु तर्फ आउदै गरेको ना १ ज ५६२९ नम्बरको सुमोले विपरित दिशाबाट जादै गरेको प्र २-०१-०० प ५८८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राई घाइते भएका हुन् ।

घाइते राईको मानेभञ्ज्याङमा रहेको स्थानीय मेडिकलमा प्राथमिक उपचार गरि थप उपचारका लागि सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा पठाइएको पनि प्रहरी निरीक्षक राईले जानकारी दिए । राईको उपचारका लागि सुमोको चालक बलराम सापकोटा सँगै रहेको तथा सुमो र सुमो चालक खोटाङ् जिल्लाको ऐसेलुखर्क गाउँपालिका ३ बस्ने वर्ष २४ को हेमन्त निरौलालाई प्रहरी चौकी मानेभञ्ज्याङको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।