नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

कबड्डीका रेफ्रि खड्कालाई पितृ शोक

ओखलढुङ्गान्युज, फागुन कबड्डीका राष्ट्रिय खेलाडी एवम् निर्णायक भुवन खड्कालाई पितृ शोक परेको छ । ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नं. १ स्थायी घर भएका खड्काका पिताका बुधबार निधन भएको हो ।

खड्काको पिता हित बहादुर खड्का छातीको क्यान्सरसँग लामो समयदेखी लडिरहेका थिए । क्यान्सरसँग लड्दै उपचारका क्रममा रहेका खड्काको ६६ बर्षको उमेरमा बुधबार उपचारका क्रममा विरेन्द्र सैनिक अस्पताल छाउनी काठमाण्डौंमा निधन भएको खड्काको पारिवारीक श्रोतले जानकारी दिए ।

निर्णायक खड्काको पिताको निधनमा जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाले पनि शोक बक्तब्य जारी गर्दै समबेदना प्रकट गरेको छ ।

हित बहादुर हुनुपर्नेमा जित बहादुर भएकोले सच्याईएको – सम्पादक