नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

कोसी प्रदेशको ई–स्पोटर्स अध्यक्षमा भट्टराई

ओखलढुङ्गान्युज, फागुन कोशी प्रदेशमा ई–स्पोटर्स एसोसिएसन अफ नेपालको तदर्थ समिति बिस्तार गरिएको छ । सोमबार विराटनगरमा आयोजित एक भेलाले प्रदेश तदर्थ समितिको अध्यक्षमा विमल भट्टाराई चुनेको हो ।

तदर्थ समितिको उपाध्यक्षमा अविनाश लिम्बु र रबेश कोइराला छानिएका छन् । त्यस्तै समितिको सचिवमा पर्वतराज निरौला, सह–सचिवमा अमर मण्डल र कोषाध्यक्षमा सन्जु कोइराला चुनिएका छन् । त्यस्तै समितिका सदस्यहरुमा भने मनसुन वाग्ले, तेज बहादुर कटुवाल, धिरोज कुमार चौधरी, रोहित यादव, सुष्मा यादव र प्रल्हाद गुरागाई रहेका छन् ।

एसोसिएसनका केन्द्रीय अध्यक्ष अन्जन धमलाको उपस्थितिमा भएको भेलामा प्रदेश खेलकुद विकास बोर्ड, कोसी प्रदेशका सदस्य सचिव हंसराज वाग्लेले निर्वाचित समितिका पदाधिकारीलाई शुभकामना प्रदान गरेका थिए ।

सोमबार नै ई–स्पोटर्स एसोसिएसन अफ नेपाल, कोसी प्रदेश, प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशमा सूचिकृत समेत भएको छ ।