नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

आज चिशङखुगढीमा सार्वजनिक विदा 

ओखलढुङ्गान्युज, फागुन १ । जिल्लाकाे चिशंखुगढी गाँउपालिकाले आज सार्बजनिक बिदा दिएको छ । जनयुद्ध दिवसको अवसरमा गाँउपालिकाले आज सार्बजनिक बिदा दिएको हो ।

गत बर्ष देखि नेपाल सरकारले फागुन १ मा जनयुद्ध दिवस भन्दै सार्वजनिक विदा दिन थालेको थियो । तर गत माघ २३ गते सर्वोच्च अदालतले आदेश जारी गर्दै जनयुद्ध दिवस भन्दै फागुन १ गते विदा नदिन निर्देशन जारी गरेको थियो । सर्वोच्च अदालतको आदेश अनुसार आज फागुन १ गते दिइने भनिएको सार्वजनिक विदा कटौती गरिएको तथा विदा नहुन गृह मन्त्रालयले पनि एक सूचना प्रकाशित गर्दै जानकारी गराएको थियो ।

चिशंखुगढी गाँउपालिकाले भने शोमबार एक सूचना प्रकाशित गर्दै फागुन १ अर्थात आज जनयुद्ध दिवसको अबसरमा विदा दिइएको जनाएको छ । गाउँ पालिकाका अध्यक्षको निर्देशन अनुसार गाँउपालिका भित्रका सबै विद्यालय तथा सार्वजनिक संघसंस्थामा जनयुद्ध दिवसको अवसरमा विदा दिइएको सूचनामा उल्लेख छ ।