नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गाको लिखुका एक युवा काठमाण्डौंमा मृत फेला

ओखलढुङ्गान्युज, माघ २८ जिल्लाको लिखु गाउँपालिका वडा नं. ३ नर्मदेश्वरका एक युवा काठमाण्डौंमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा नर्मदेश्वर, सत्लुङका २१ बर्षिय दिपेश खड्का रहेका छन् ।

शुक्रबार साँझदेखी सम्पर्क विहिन बनेका खड्काको विभत्स रुपमा हत्यागरि कोठामा रहेको अबस्थामा फेला परेको खड्काको पारिवारिक श्रोतले बताएको छ । शुक्रबार साँझदेखी सम्पर्क विहिन बनेका खड्को टाउको क्षतविक्षत भएको अबस्थामा शनिवार साँझ तन्नामा पोकोपारी सुत्ने खाटमुनी फेला परेका थिए ।

मृतक खड्काले शुक्रबार दिउँसो परिवारसँग कुरा गरेका थिए । सधै आउजाउ र कोठामा भएको बेला यताउता गरिरहने खड्का शुक्रबार देखी अत्तोपत्तो नभएको र उनले प्रयोग गर्ने मोबाईल पनि गेट नजिक फेला परेपछि खड्का कै मोबाईलबाट घरबेटीले खड्का कोठमा चाबी लगाएको र उनी कोठामा नभएको भन्दै उनका आफन्तहरुलाई खबर गरिदिएका थिए ।

मृतक खड्का कै मोबाईलबाट खड्का हराएको भन्ने अबर भएपछि उनका आफन्तहरुले खोजि गरेका थिए । खोजि गर्नेक्रममा कोठाको बाहिर पटि ताला लगाएको र झ्यालबाट भित्र हेर्र्दा खाटमुनी तन्नामा बेरिएको अबस्थामा खुट्टा देखिएपछि ढोकाको ताला तोडेर आफन्तहरु कोठामा पसेका थिए । भित्र खड्का दुवै हात पछाडी फर्किको तथा टाउकामा चोटैचोट लागेको मृत अबस्था फेला परेको परिवार श्रोतले जनाएको छ ।

मृतक खड्काको शबलाई शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको मृतकका परिवारीक श्रोतले बताएको छ । खड्काको हत्यामा संलग्न भएको आशंकामा उनीसँगै कोठामा बस्ने साथिहरु सहित ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरुवात गरेको जनाएको छ । घटनाको बारेमा विस्तृत विवरण भने आउन अझै बाँकी रहेको छ ।