नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

चम्पादेवी राष्ट्रपति रनिङशिल्डको उपाधी गोल्मादेवीलाई

ओखलढुङ्गान्युज, माघ २८ जिल्लाको चम्पादेवी गाउँपालिकाले आयोजना गरेको चम्पादेवी गाउँपालिका अन्तर माद्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधी गोल्मादेवी मावि पलापुले हात पारेको छ । आज सम्पन्न भएको खेलमा कूल ३६ पदकका साथ गोल्मादेवी मावि पलापु प्रथम भएको हो ।

गोल्मादेवी मावि पलापुले ३० स्वर्ण, ५ रजत र १ कास्यसहित कुल ३६ पदकका साथ उपाधि हात पारेको हो । त्यस्तै आज सम्पन्न भएको प्रतियोगितामा सुनकेशरी मावि नर्कटे रानिवनले १२ स्वर्ण, १ रजत, २९ कास्य सहित कूल ४२ पदकका साथ दोस्रो बनेको छ भने कल्पेश्वर मावि विलन्दुले ४ स्वर्ण, २ रजत, १ कास्य सहित कूल ७ पदक जितेर तेस्रो बनेको छ ।

चम्पादेवी गाउँपालिकाका नौ ओटा विद्यालय सहभागी रहेको प्रतियोगितामा जिवनज्योति मावि मिश्रभञ्ज्याङले २ स्वर्ण २१ रजत ३ कास्य सहित कूल २६ पदकका साथ चौथो रहन पुग्यो । प्रतियोगितामा नवलपुर मावि नवलपुर पलापुले २ स्वर्ण, ३ कास्य सहित ५ पदक, ज्ञान प्रकाश मावि घोराखोरीले २० रजत, बालज्योति मावि चित्रे, कालिकाले १ रजत ११ कास्य सहित कूल १२ पदक, नवजिवन मावि फेदिगुठले २ कास्य प्राप्त गर्न सफल बन्यो । यस प्रतियोगितामा ज्ञान प्रकाश मावि फुलबारी भने पदक विहिन बन्न पुग्यो । 

प्रतियोगिताको विजेता खेलाडी तथा विद्यालयहरुलाई गाउँपालिकाका अध्यक्ष नबराज केसी तथा उपाध्यक्ष दिलामाया मगरले शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।