नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा मोटरसाइकल दुर्घटना हुँदा चार घाइते

ओखलढुङ्गान्युज, माघ २७ । शनिवार साँझ ओखलढुङ्गामा मोटरसाइकल दुर्घटना भएको छ । जिल्ला सदरमुकामको रमाइलो डाँडाबाट मिलनचोक तर्फ जादै गरेको मोटरसाइकल र मिलनचोकबाट रमाइलोडाँडा तर्फ जादै गरेको मोटरसाइकल एकआपसमा ठक्कर खाइ दुर्घटना हुदा मोटरसाइकलमा सवार चारजना घाइते भएका हुन् । 

रमाईलोडाँडाबाट मिलनचोक तर्फ आउदै गरेको बा ७८ प ८२९३ नं. को मोटरसाइकल र विपरित दिशाबाट जादै गरेको प्र २-०१-००१ प १०२६ नं. को मोटरसाइकल शनिवार साँझ करीब ६:४० बजेतिर सिद्धिचरण नगरपालिका ११ जाल्पा मन्दिरमा एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । मोटरसाइकल दुर्घटनामा परि सिद्धिचरण नगरपालिका ३ नारायणस्थानका बर्ष ४४ का डुण्डीराम खनाल र उनकी श्रीमती बर्ष २५ की यानुका खनाल, सोहि स्थानका बर्ष ४५ का अविर बहादुर तामाङ र उनकी श्रीमती बर्ष ४८ की गोमा तामाङ घाइते भएका हुन् ।

दुर्घटनामा परि घाइते भएकाहरुलाई तत्काल उद्दार गरी उपचारका लागि सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गा पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिए । प्रहरी नायब उपरिक्षक केसीका अनुसार घाइतेहरुको अहिले सामुदायिक अस्पताल सोब्रुमा उपचार भैरहेको तथा अबस्था सामान्य रहेको छ ।

दुर्घटनामा परेको दुवै मोटरसाइकललाई अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुङ्गाको नियन्त्रणमा राखिएको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।