नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

आज तामाङ समुदायको नयाँ वर्ष (डुक ल्हो) सोनम ल्होसार

ओखलढुङ्गान्युज, माघ २७ । आज शनिबार देशव्यापी रुपमा तामाङ समुदायका नागरिकहरुले सोनम ल्होसार पर्व मनाउदै छन् । प्रत्येक वर्ष माघ सुक्ल प्रतिपदाका दिन मनाईने तामाङ समुदायको पर्व आज शनिबार परेको हो ।

तामाङ समुदायले यो पर्वलाई नयाँ वर्षका रुपमा समेत मनाउदे गर्दछन् । मञ्जुश्री पात्रोअनुसार आजबाट २८६० औँ वर्ष शुरु भएको छ । मञ्जुश्री पात्रोकाअनुसार आजदेखि खरायो वर्ष पूरा गरी मेघ वर्ष प्रवेश भएको छ । मञ्जुश्री पात्रोअनुसार सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, मेघ (ड्रागन), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरूपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाइएको छ ।

त्यस्तै ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाको मूलखर्कमा पनि हिजो देखि विभिन्न कार्यक्रमका साथ सोनम ल्होसार पर्व मनाईदै छ । सोनम ल्होसारको अबसर पारेर सुनकोशी गाउँपालिकाको वडा नं. ५ मूलखर्कको तर्फवाट स्थानीय तहको निर्वाचन २०७९ ओखलढुङ्गाका विभिन्न स्थानीय तहबाट निर्वाचित भएका तामाङ समुदायका जनप्रतिनिधीहरुलाई विशेष सम्मानको कार्यक्रम राखिएको सुनकोशी ५ का वडा अध्यक्ष गोविन्दराम तामाङले जानकारी दिए ।

सोनम ल्होसारको अबसर पारेर मूलखर्कमा शुक्रबारदेखी विभिन्न समुदायका झाँकीनाच, सांस्कृतिक कार्यक्रम सञ्चालन भैरहेको छ । कार्यक्रम आजसम्म सञ्चालन हुनेछ । देशका विभिन्न जिल्लामा स्थायी बासस्थान रहि राजधानीमा बसोबास गरिरहेका तामाङहरूले यसदिन टुँडिखेलमा भेला भई ल्होसार मनाउँछन्।