नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

मोलुङको प्राप्चामा एकदिने आँखा शिविर सम्पन्न

ओखलढुङ्गान्युज, माघ २२ जिल्लाको मोलुङ गाउँपालिकामा आज शोमबार एकदिने निःशुल्क आँखा जाँच तथा मोतिबिन्दु छनोट शिविर सम्पन्न भएको छ । आज सम्पन्न भएको आँखा शिविरमा ११२ जनाले सेवा लिएका छन् ।

निःशुल्क आँखा जाँच तथा मोतिबिन्दु छनोट शिविरमा ११२ जनाको आँखा परीक्षण गरिएको मोलुङबाट माधब कार्कीले जानकारी दिए । छनौट शिविरबाट मोतिविन्दुको अप्रेशनका लागि ११ जना छनौट भएको पनि कार्कीले जानकारी दिए । आँखा शिविर सञ्चालनका लागि सामुदायीक आँखा केन्द्र ओखलढुङ्गाका स्वास्थ्यकर्मीहरुको टिमले प्राविधिक सहयोग गरेका हुन् ।

सामुदायीक आँखा केन्द्र ओखलढुङ्गाका जिल्लाका विभिन्न गाँउपालिकामा गएर मोतिविन्दू अप्रेशन गर्नुपर्ने विरामीहरुको छनौट गरिरहेको छ । मोतिविन्दुको अप्रेशन गर्नुपर्ने विरामीहरुको आगामी माघ २६ र २७ गते ओखलढुङ्गा सामुदायीक अस्पतालमा आँखा रोग विशेषज्ञको उपस्थितीमा आँखाको सल्यक्रिया गरिने ओखलढुङ्गा सामुदायीक आँखा अस्पताल प्रमुख टिका राईले जानकारी दिईन् ।

यस अगाडी पनि विभिन्न पालिकामा गएर मोतियाविन्दू छनौट शिविर सञ्चालन गर्दै सल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई ओखलढुङ्गा बोलाएर ओखलढुङ्गा सामुदायीक आँखा अस्पतालले आँखाको सल्यक्रिया तथा उपचार गराउदै आएको छ ।