नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

स्काभेटरको ठक्करबाट ओखलढुङ्गामा एक पुरुषको मृत्यू

ओखलढुङ्गान्युज, माघ २१ । सडक खन्ने क्रममा स्काभेटरले ठक्कर दिंदा ओखलढुङ्गामा एक पुरुषको मृत्यू भएको छ । मृत्यू हुनेमा जिल्लाको चिशंखुगढी गाँउपालिका वडा नं. ६ भदौरेका बर्ष ६६ का एक बहादुर थापा मगर रहेका छन् ।

शनिवार अपरान्ह साढे ४ बजेतिर चिशंखुगढी गाउँपालिका वडा नं. ६ भदौरेको मुगाछाप भन्ने स्थानमा स्काभेटरले मगरलाई ठक्कर‌ दिएको थियो । सिद्धिचरण नगरपालिका वडा नं.२ चुहानछाप हुँदै चिशंखुगढी गाउँपालिका वार्ड नं.६ भदौरे जाने भित्री कच्ची सडक निर्माण गर्ने क्रममा प्र. ०३-०१-००३ क ७३५६  नंबरको स्काभेटरले मगरलाई ठक्कर दिएको हो ।

स्काभेटरको ठक्करबाट गम्भिर घाइते भएका मगरलाई तत्काल उपचारका लागि अस्पताल तर्फ लैजादै गर्दा बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए । मृतक मगरको शबलाई आवश्यक कानूनी प्रकृया पुरा गरि पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

मगरलाई ठक्कर‌ दिने स्काभेटरलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।