नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

आयल निगमले बढायो पेट्रोलियम पद्धार्थको मूल्य

ओखलढुङ्गान्युज, माघ १७ नेपाल आयल निगमले बुधबार राति १२ बजेपछि लागू हुने गरि पेट्रोलिय पद्धार्थको मूल्य बढाएकोछ । निगमले बुधबार साँझ एक सूचना जारि गर्दै पेट्रोलियम पद्धार्थको मूल्य बृद्धि भएको जनाएको हो ।

आयल निगमले जारि गरेको सूचना अनुसार पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाइएको छ । खाना पकाउने ग्याँसको खुद्रा बिक्री मूल्यमाप्रति सिलिण्डर १५ रुपैयाँ बढाइएको जनाएको छ ।

भारतीय आयल कर्पोरेशनबाट आज  प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ४.५३ र २.३२ रुपैयाँले तथा एलपि ग्यासको मूल्यमा प्रतिसिलिण्डर १५.७८ ले बढेर आएकाले निगम सञ्चालक समितिको निर्णय अनुसार मूल्य बढाइएको निगमले जनाएको छ ।

बढाईएको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेटोल १६७ रुपैयाँ ५० पैसा र डिजेल १५५ रुपैयाँ ५० पैसा,  सुर्खेत र दाङमा पेट्रोल १६९ र डिजेल १५७ रुपैयाँ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल १७० रुपैयाँ र डिजेल १५८ रुपैयाँ पर्ने छ । ग्यासको मूल्य भने एक हजार ९१० रुपैयाँ तोकिएको छ ।