नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गाबाट २४८० जना विद्यार्थीले एसईई दिदै

ओखलढुङ्गान्युज, माघ १७ यस शैक्षिक सत्रमा ओखलढुङ्गाबाट २ हजार ४ सय ८० जना विद्यार्थीले एसईई परीक्षा दिने भएका छन् । आगामी चैत्र १५ देखी २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षामा ओखलढुङ्गाबाट उक्त संख्यामा विद्यार्थीहरुले एसईई दिन लागेका हुन् ।

शैक्षिक सत्र २०८० अन्तर्गत ओखलढुङ्गाका ८१ माद्यमिक विद्यालयका २ हजार ४ सय ७७ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुन लागेका हुन् । जसमध्ये साधारण तर्फ २ हजार ३ सय २९, प्राबिधिक तर्फ १ सय ३६ र खुला तर्फ १२ जना रहेको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई ओखलढुङ्गाका सूचना अधिकारी एवम् परीक्षा फाँट प्रमुख विष्णु कडेंलले जानकारी दिए । त्यस्तै यस वर्ष ग्रेड बृद्धि परीक्षामा ३ जना विद्यार्थी समेत सहभागी हुदैछन् ।

गत वर्षको तुलनामा यस वर्ष १ सय ५१ जना कम विद्यार्थी ओखलढुङ्गाबाट एसईई परीक्षामा सहभागी हुन लागेका हुन् । गत वर्ष ओखलढुङ्गाबाट २ हजार ६ सय ३१ जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी रहेका थिए ।