नेपाली समय Loading...२०८१ जेष्ठ ४ शुक्रबार

ओखलढुङ्गाबाट माम्खा जादै गरेको बोलेरो दुर्घटना, ४ घाईते

ओखलढुङ्गान्युज, माघ १६ मंगलबार साँझ करीब साँढे ६ बजेतिर ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा यात्रु बोकेको बोलेरो दुर्घटनामा परेको छ । बोलेरो दुर्घटनामा परि बोलेरोमा सवार ४ जना घाईते भएका छन् ।

ओखलढुङ्गाबाट ५ जना यात्रु बोकेर चिशंखुगढी गाउँपालिका तर्फ जादै गरेको को १ ज ३५०८ नम्बरको बोलेरो चिशंखुगढी गाउँपालिका वडा नं. ८ माम्खाको भित्री सडक अन्तर्गत पर्ने भडारे खोला नजिकै दुर्घटनामा परेको हो । बोलेरो दुर्घटनामा परि बोलेरोमा सवार जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ९ माधबपुर वस्ने बर्ष ३३ को रमेश श्रेष्ठ, चिशंखुगढी गाउँपालिका वडा नं. ८ माम्खाका २१ बर्षिय प्रविण राई, सोही स्थानका गोपाल कटवालको श्रीमती ३४बर्षिया सीता कटवाल र उनका ११ बर्षिया छोरी स्वस्तीका कटवाल रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्हरी निरीक्षक वलिष्टार सिंहले जानकारी दिए ।

यात्रु बोकेर जाने क्रममा बोलेरो गाडी अनियन्त्रीत भएर सडकमा नै बोलेरो पल्टिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक सिंहले जानकारी दिए । दुर्घटनामा परि घाईते भएका सबैलाई तत्काल उद्धार गरि जिल्ला अस्पताल रुम्जाटारमा ल्याईपु¥याएर उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

बोलेरो गाडी दुर्घटनामा परेको विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।