नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

अफगानिस्तानलाई हराउदै नेपाल आईसीसी विश्वकप क्रिकेटको सुपर सिक्समा

ओखलढुङ्गान्युज, माघ १२ नेपाली क्रिकेट प्रेमीहरुको मुटुलाई निकै ढुकढुक बनाउदै नेपाल अफगानिस्तानलाई हराउँदै आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्न सफल भएको छ । निकै सनसनीपूर्ण र दबाबमूलक खेलमा अफगानिस्तानलाई १ विकेटले हराउदै नेपाल सुपर सिक्समा पुगेको हो

आज दक्षिण अफ्रिकाका इस्ट लन्डनमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको हो । नेपाली टीमले ४४ ओभर ४ बलमा ९ विकेट गुमाएर अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पुरा ग¥यो । नेपालको जितका लागि कप्तान देव खनालले अर्धशतक बनाए । खनालले ८९ बलमा ५८ रन बनाएर आउट भए । नेपालका लागि  दीपक बोहराले २७ रन जोडे ।

यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४० ओभर १ बलमा एक सय ४५ रन बनाउँदा अल आउट भएको थियो । अफगानिस्तानका लागि मोहम्मद घजनफरले सर्वाधिक ३७ रन बनाए ।

नेपाल समूह डी मा तेस्रो हुँदै सुपर सिक्समा पुगेको हो । नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । नेपाल रहेको समूहबाट पाकिस्तान र न्युजिल्यान्डले आफ्नो दुई–दुई खेल जित्दै ४–४ अंक जोडेर सुपर सिक्समा पुगिसकेका छन् ।