नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

राष्ट्रिय सभा निर्वाचनमा कोशीमा गठबन्धनका चम्पा कार्की पराजित

ओखलढुङ्गान्युज, माघ ११ । आज भएको राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशबाट गठबन्धनका उम्मेदवार पराजित भएका छन् । गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई पराजित गर्दै नेकपा एमालेकी उम्मेदवार रुकमिणी कोइराला निर्वाचित भएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको एमालेले सत्ताधारी गठबन्धनका उम्मेदवार कार्कीलाई पराजित गर्दै कोइरालालाई जिताएको हो । आजको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट जित लगभग निश्चित रहेको अबस्थामा प्रदेश सांसदहरुले मत क्रस गर्दा कार्की पराजित भएकी हुन् । 

आज भएको निर्वाचनमा प्राप्त मतपरिणाम अनुसार कोइरालाले ५०८६ मत प्राप्त गरेकी थिइन् भने कार्कीले ४९९२ मत मात्र प्राप्त गरेकी थिइन् । कार्कीलाई गठबन्धनका तीन जना प्रदेश सभा सदस्यले मत क्रस गरेको गणनाका क्रममा देखिएको थियो ।