नेपाली समय Loading...२०८१ जेष्ठ ३ बिहीबार

मिनिट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ओखलढुङ्गामा दुई घाइते

ओखलढुङ्गान्युज, माघ ११ । आज ओखलढुङ्गामा भएको सवारी दुर्घटनामा परि दुईजना घाइते भएका छन् । घाइते हुनेमा सोलुखुम्बु जिल्लाको दुधकोशी गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २८ को दिनेश के.सी. र उनका श्रीमती बर्ष २६ की अञ्जु कार्की रहेको छन् ।

विहिवार दिउँसो १२:४५ तिर सिद्धिचरण लोकमार्गमा पर्ने मानेभञ्ज्याङ गाउँपालिका वडा नं.-४ कोल्टार भन्ने स्थानमा ओखलढुङ्गाबाट काठमाण्डौ तर्फ जादै गरेको बा. प्र. ३-०३-००१ ख ०२२३ नं. को मिनिट्रकले बिपरित दिशाबाट आउदैं गरेको बा.प्र. ०२-०१८ प ५७२१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । मिनि ट्रक र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार चालक केसी र उनका श्रीमती कार्की घाइते भएका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका दुवैलाई स्थानीय केतुके मेडिकलमा प्राथमिक उपचार गरि थप उपचारका लागि सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गा पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । मिनीट्रक चालक रसुवा जिल्लाको नौकुण्ड गाँउपालिका वडा नं. ४ बस्ने वर्ष ३१ को बिकाश डंगोललाई नियन्त्रणमा लिइएको र उनी अहिले घाइतेहरुको उपचारमा सँगै रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका मिनीट्रक र मोटरसाइकल दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।