नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सोलुखुम्बुमा रा.बा. बैंकका उत्कृष्ट कर्जा कारोबारी तथा निक्षेपकर्ता सम्मानित

ओखलढुङ्गान्युज, माघ १० राष्ट्रिय वाणिज्य बैंकले आज केन्द्र देखी देशका विभिन्न शाखा, उपशाखाहरुमा आफ्नो ५९ औं बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सव मनाउने क्रममा बैंकले आ–आफ्नो क्षेत्र तथा सापेक्षता अनुसार विभिन्न कार्यक्रम गरेर मनाएका हुन् ।

बार्षिकोत्सव मनाउने क्रममा सोलुखुम्बु जिल्लामा रहेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय सल्लेरीले पनि आज एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट कर्जा कारोबारी तथा उत्कृष्ट निक्षेप कारोबारी सेवाग्राहीहरुलाई सम्मानित गरेको छ । बैंकले बैंकमा उत्कृष्ट कर्जा कारोबार गर्ने देन्दुब निर्माण सेवाका प्रोपाईटर बुद्धि मगर र हिमाली हार्डवेयर एण्ड विल्डर्सं प्रालिका पासाङ शेर्पालाई सम्मानित गरेको हो । बैंकले यस बर्ष उत्कृष्ट निक्षेप कारोबार गर्ने सोलुखुम्बु बहुमुखी क्याम्पस, डम्बर कुमारी श्रेष्ठ र एक स्थानीय एक गुम्बालाई पनि सम्मान गरेको छ ।

बैंकले सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीको प्रमुख आतिथ्यतामा बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डे खत्रीले सकेसम्म सेवाग्राहीहरुलाई कर्जा प्रवाह गर्दा कायम गरेको कर्जाको व्याजदर तलमाथि नगर्न बैंकलाई सुझाब दिएका थिए । बैंकले कुनै कारणबस ब्याजदर बढाउनु पर्ने भएमा सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउनुपर्ने बताएका थिए । पछिल्लो समय साईबर क्राईमको संख्या उच्च रुपमा बढेको भन्दै त्यसबाट बैंक तथा वित्तिय संस्था पनि अछुतो नभएकोले साईबर सुरक्षाको बारेमा बैंकले सेवाग्राही माझमा वित्तिय साक्षरता कक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए ।

बैंकको बार्षिकोत्सव मनाउने क्रममा आज बुधबार विहानै बैंकको सेवा लिन सुरुमा कार्यालय पुगेका ५ जना सेवाग्राहीलाई सम्मान गरिएको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय सल्लेरीका शाखा प्रबन्धक सुवास निरौलाले जानकारी दिए ।