नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

नाबालिका बलात्कार गरेको अभियोगमा खोटाङमा एक किशोर पक्राउ

ओखलढुङ्गान्युज, माघ ८ । १० बर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङ प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १० पाथेकका १७ बर्षीय किशोर रहेका छन् ।

गत माघ ५ गते जावरजस्ती करणी गरेको भनेर पिडित नबालिकाको परिवारको उजुरीका आधारमा प्रहरी चौकी तालखर्कबाट खटिएको प्रहरीको टोलीले आरोपित किशोरलाई पक्राउ गरेको हो । प्रहरी चौकीको टोलीले आरोपित किशोरलाई माघ ६ गते नै पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

आरोपित खड्कालाई आईतबार जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।