नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

काठमाण्डौंमा आज यो बर्षकै कम तापक्रम रेकर्ड

ओखलढुङ्गान्युज, माघ ८ । आज शोमबार काठमाण्डौंमा यो वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज काठमाण्डौंमा यो वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको जनाएको छ ।

आज काठमाडौंमा यस वर्षकै कम तापक्रम तीन दशमलव दुई रेकर्ड गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए । यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रेकर्ड गरिएको थियो ।

डिसेम्बर ५ तारिखमा रेकर्ड गरिएको न्यूनतम तापक्रम रेकर्ड ब्रेक गर्दै आज शुन्य दशमलव दुई डिग्रीले झरेको हो । आज काठमाडौं उपत्यकामा पारदर्शिता (भिजिविलीटी) पनि घटेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् पुडासैनीका अनुसार आज काठमाण्डौंमा बढी चिसो अनुभव भएको छ ।

शोमबार बिहानको समयमा चाहिँ हुस्सु जस्तो देखिएको छ । आज पारदर्शिता तीन हजार मिटर रहेको मौसमविद पुडासैनीले बताए । यसअघि चार हजार मिटरमाथि नै हुने गरेकामा आज भने पारदर्शिता पनि घटेको हो । हुस्सुका कारण काठमाण्डौंमा अहिले कहिले घाम लाग्ने तथा कहिले नलाग्ने गरीरहेको छ ।