नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

यस बर्षको एसईई परीक्षा चैत १५ बाट हुने

ओखलढुङ्गान्युज, माघ ७ । शैक्षिक सत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गते शुरु हुने भएको छ । आज (आइतवार) बसेको परीक्षा बोर्डको बैठकले एसईई सो मितिमा गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार परीक्षा अगाडी गर्दा बीचमा होली तथा फागु पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको छ । यस वर्ष चैत ११ र १२ गते होली तथा फागु पर्व रहेको नेपाली पात्रोमा उल्लेख छ ।

परीक्षा बोर्डको वार्षिक कार्यतालिका अनुसार चैत पहिलो साता परीक्षा शुरु गर्नुपर्ने थियो । यो वर्षको एसईई परीक्षा दिन ४ लाख ८९ हजार ४ सय ४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार ४ जना छात्र र २ लाख ४३ हजार ४ सय ४० जना छात्रा रहेकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) बोर्डले जनाएको छ ।