नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सिद्धिचरण नपाको राष्ट्रपति रनिङशिल्डको उपाधी रुम्जाटार माविलाई

ओखलढुङ्गान्युज, माघ ७ । सिद्धिचरण नगरपालिका ओखलढुङ्गाले आयोजना गरेको अन्तर माद्यमिक बिद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधि आयोजक रुम्जाटार माविले जितेको छ । आयोजक रुम्जाटारले ४९ स्वर्ण सहित कुल ६८ पदकका साथ उपाधि जितेको हो ।

प्रतियोगितामा विजेता बनेको रुम्जाटारले ४९ स्वर्ण, ८ रजत र ११ कास्य सहित कूल ६८ पदकका साथ प्रथम बनेको हो । त्यस्तै विगत दुई बर्षको विजेता लालिगुराँस इङलिस बोर्डिङ स्कुलले १८ स्वर्ण, २६ रजत, ६ कास्य सहित कूल ५० पदकका साथ दोस्रो बनेको हो । त्यस्तै झन्डै आधा खेल छाडेर हिंडेको जिल्ला सदरमुकाममा रहेको सगरमाथा जनता माविले १० स्वर्ण, १६ रजत, ३ कास्य सहित कूल २९ पदकका साथ तेश्रो बनेको हो ।

त्यस्तै प्रतियोगितामा पुन्यमाता मावि वेतिनीले ९ स्वर्ण, जालपा माविले ५ स्वर्ण, ६ रजत, ९ कास्य, शुभलक्ष्मी इङ्लिस बोर्डिङ स्कुलले ३ स्वर्ण, १ रजत प्राप्त गरेको छ । त्यसैगरी हिमालय मावि निशंखेले २ स्वर्ण, १ रजत र २ कास्य, नवज्योति मावि मैदानेले १ स्वर्ण, १८ रजत र २ कास्य जित्न सफल भएको छ । प्रतियोगितामा कुन्ता मावि ज्यामिरेले २ रजत १९ कास्य, जन्तरखानी मावि १ रजत, १ कास्य, सनराइज इङ्लिस बोर्डिङ स्कुलले ३ कास्य, नारायण स्थान मावि असिनेले १ कास्य र विगुटार माविले १ कास्य हात पार्न सफल भएको छ । 

प्रतियोगितामा सहभागी बनेका १८ वटा माद्यमिक बिद्यालयहरु मध्ये यस पटक ५ वटा माद्यमिक बिद्यालय भने रित्तो हात फर्कनु परेको छ । अरु १३ माविले भने कुनै न कुनै मेडल जित्न सफल भएका छन् । 

कार्यक्रममा प्रतियोगिताका बिजेता खेलाडी विद्यार्थी तथा विद्यालयलाई कोशी प्रदेशका पूर्व भौतिक तथा पूर्वाधार विकास मन्त्री अम्बीरबाबु गुरुङले नगद सहित शील्ड, मेडल र प्रमाणपत्रका साथ ट्रफी वितरण गरेका थिए ।