नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गा क्याम्पस प्रमुख राजभण्डारीको निधन 

ओखलढुङ्गान्युज, माघ ६ । जिल्ला सदरमुकाममा रहेको ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गाका क्याम्पस प्रमुख सुमन राजभण्डारीको आज निधन भएको छ । उपचारको क्रममा क्याम्पस प्रमुख राजभण्डारीको ६७ बर्षको उमेरमा शनिवार दिउँसो काठमाडौंमा निधन भएको हो ।

राजभण्डारी नेपाल रेडक्रस सोसाइटी ओखलढुङ्गा शाखाका निवर्तमान सभापति एवम् सगरमाथा जनता मावि ओखलढुङ्गाका पूर्व प्रधानाध्यापक समेत हुन् । राजभण्डारी लामो समयदेखि मुटु, मृगौला र सुगर लगायतका रोगबाट पीडित थिए भने केहि समय अगाडी देखि निरन्तर अस्पतालमा नै उपचाररत थिए ।

जिवनको लामो समय शिक्षण पेशामा सकृय रहेका राजभण्डारी उमेर हदबन्दीका कारण सेवा निवृत भएपछि नेपाल रेडक्रस सोसाइटी ओखलढुङ्गा शाखाको सभापति बन्नुका साथै र ओखलढुङ्गा क्याम्पस प्रमुखको जिम्मेवारीमा रहेर शैक्षिक गतिविधिमा सकृय रहेका थिए । राजभण्डारीको शबलाई शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।