नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

राष्ट्रपति रनिङशिल्डमा दोश्रो दिन आयोजक रुम्जाटारलाई अग्रता

ओखलढुङ्गान्युज, माघ सिद्धिचरण नगरपालिका ओखलढुङ्गाले आयोजना गरेको अन्तर माद्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता २०८० अन्तर्गत विभिन्न स्पर्धाका खेलहरु सम्पन्न भएका छन् । दोश्रो दिनको खेल सम्पन्न हुँदा सम्म आयोजक रुम्जाटार मावि रुम्जाटारले अग्रता लिएको छ ।

आयोजक रुम्जाटार मावि सिनपा ४ ले १५ स्वर्ण, ६ रजत ३ कास्य सहित कूल २४ पदक प्राप्त गर्दै अग्रता लिएको हो । नगरपालिका भित्रको १८ मावि सहभागी भएको प्रतियोगितामा सगरमाथा जनता मावि सिनपा १२ ले १० स्वर्ण, ११ रजत ४ कास्य सहित कूल २५ पदक प्राप्त गर्दै दोश्रो स्थानमा रहेको छ भने लालिगुराँस इङ्लिस बोर्डिङ स्कुलले १० स्वर्ण, १० रजत ५ कास्य गरि तेश्रो स्थानमा रहेको छ ।

त्यस्तै जाल्पा मावि सिनपा ११ ले ३ स्वर्ण, २ रजत र ३ कास्य सहित कुल ८ पदक प्राप्त गरेको छ । प्रतियोगिता अन्तर्गत नवज्योति मावि मैदान १ स्वर्ण १ कास्य, कुन्ता मावि ज्यामिरे २ रजत ३ कास्य, सनराईज इङलिस बोर्डिङ स्कूल १ रजत २ कास्य प्राप्त गरेको छ । यसैगरि जन्तरखानी मावि जन्तरखानी १ रजत  १ कास्य, हिमालय मावि निशंखे १ रजत, विगुटार मावि १ कास्य तथा चम्पादेवी मावि सल्लेरी १ कास्य प्राप्त गर्न सफल भएका छन् ।

खेलको दोश्रो दिन सकिदा केहि रिले दौड, ३ हजार मिटरका दौड, कबड्डी र भलिबलका खेलहरु बाँकी रहेका छन् । जिल्लामा पहिलोपटक इन्टरनेशनल निर्णायकहरुको सहभागितामा नगरपालिकाको गेम तीन भिन्नाभिन्नै खेल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगिता शनिवार सम्पन्न हुने र शनिवार नै विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको जिल्ला खेलकुद बिकास समिती ओखलढुङ्गाका कार्यालय प्रमुख बालकुमार खनालले जानकारी दिए ।