नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

खिजिफलाटेमा एक पुरुषको भिरबाट लडेर मृत्यु

ओखलढुङ्गान्युज, पुष २८ जिल्लाको खिजिदेम्बा गाउँपालिकामा एक जना पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा खिजिदेम्बा गाउँपालिका वडा नं. ३ चण्डेश्वरी वस्ने ६७ बर्षिय खेमराज सुनुवार रहेका छन् ।

सुनुवार शुक्रबार विहान ६ बजे घरबाट मिस्त्री काम गर्नका लागि रगनी जान्छु भनेर निस्केको मृतकका परिवारले जानकारी दिएका छन् । काममा गएका सुनुवार बेलुका साँझसम्म घर नफर्किएपछि घरपरिवारले उनको खोजि गरेको थियो । खोजि गर्ने क्रममा सुनुवारलाई शुक्रबार बेलुकी साँढे ८ बजेतिर खिजिदेम्बा गाउँपालिकाको वडा नं. ३ डाँडापारी चस्कु भन्ने भिरमा गोरेटोबाटो बाट लडेर करीब ५ सय मिटर तल मृत अबस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

घटनाको बारेमा स्थानीयले प्रहरीलाई जानकारी गराउनसाथ इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरीको टोली घटनास्थलमा गएको थियो । घटनास्थलमा पुगेको प्रहरीले शबलाई सुरक्षित राखेर शनिवार विहान गएको थप प्रहरीको टोलीले घटना स्थलमा कानूनी प्रकृया पुरा गराएको थियो । कानूनी प्रकृया पूरा गरी शबलाई पोष्ट मार्टमका लागि अहिले जिल्ला अस्पताल रुम्जाटार पठाईएको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।