नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

ओखलढुङ्गामा सवारी दुर्घटना, एक घाइते

ओखलढुङ्गान्युज, पुष २६ । ओखलढुङ्गामा विहिबार विहान ९:४५ बजे सवारी दुर्घटना भएको छ । सवारी दुर्घटना हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ४ केतुकेका रत्न बहादुर तामाङ रहेका छन् ।

सिद्धिचरण लोकमार्ग अन्तरगत मानेभञ्ज्याङ गाउँपालिकाको वडा नं. ४ केतुकेमा ओखलढुङ्गाबाट मानेभञ्ज्याङ तर्फ जादै गरेको ना १ ज ७००१ नम्बरको सुमोले विपरित दिशाबाट आउदैं गरेको प्र ३-०२-००४ प ९२७७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । सुमोले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक ५३ बर्षिय तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घाइते तामाङको तत्काल उद्दार गरी उपचारका लागि सामुदायिक अस्पताल पठाइएको तथा हाल सामान्य अबस्थामा तामाङको अस्पतालमा नै उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए । दुर्घटनामा परेको सुमो तथा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सुमो चालक सिद्धिचरण नगरपालिका – ७ बस्ने वर्ष ३३ को गेल्बु शेर्पालाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।