नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

ओखलढुङ्गामा भिरबाट लडेर एकजनाको मृत्यु

ओखलढुङ्गान्युज, पुष १९ । जिल्लाको चिशंखुगढी गाँउपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चिशंखुगढी गाँउपालिका वडा नं. ७ डाँडागाँउका ४५ बर्षिय दिपक राई रहेका छन् ।

आज विहिवार विहान करीब ११:३० बजे आफ्नै घरको वरपर हिडडुल गर्ने क्रममा घर नजिकै रहेको भिरबाट करीब ४० मिटर तल खसेका थिए । भिरबाट खसेका राईको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए । राईलाई ४ वर्ष पहिला देखि छारे रोगको बिरामी भएको उनको परिवारले बताएको प्रहरीले जनाएको छ ।

  1. घटनाको बारेमा जानकारी हुनासाथ घटनास्थलमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको टोली पुगेको थियो । प्रहरीले कानुनी प्रकृया पूरा गरि शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएकोछ ।