नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

लेक लागेर ओखलढुङ्गामा एकको मृत्यु

ओखलढुङ्गान्युज, पुष १६ । सोमबार ओखलढुङ्गामा लेक लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खिजिदेम्वा गाउँपालिका वडा नं.-३ चण्डेश्वरी बस्ने वर्ष ५३ को जित बहादुर सुनुवार रहेका छन् ।

अंग्रेजी नयाँवर्ष मनाउने क्रममा घुम्नको लागि साथिहरुसँग सोलुखुम्बु जिल्लाको पिकेडाँडा जाने क्रममा खिजिदेम्बा गाँउपालिका वडा नं. ९ भुलभुले भन्ने स्थानमा लेक लागि सुनुवार अचानक बेहोश भएका थिए । अचानक बेहोश भएका सुनुवारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सुचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

सुनुवारलाई सोमबार दिउँसो करीब पौने ३ बजेतिर लेक लागेर मृत्यु भएको जानकारी स्थानीयले ४ बजेतिर प्रहरीलाई दिएका थिए । प्रहरीलाई जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरीको टोली घटनस्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घटनाको बारेमा बिस्तृत विवरण आउन बाँकी छ ।