नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

जनसेवा सहकारीको बार्षिक साधारण सभामा विभिन्न क्षेत्रका २२ जना सम्मानित

ओखलढुङ्गान्युज, पुष १५ जिल्लाको लिखु गाउँपालिका वडा नं. २ सिंहदेवीमा रहेको जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । ज्ञानज्योती मावि हुलाकचौरको प्राङ्गणमा सहकारीको बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको हो ।

बार्षिक साधारण सभाको कोशी प्रदेश सभाका पूर्व सभामुख एवम् ओखलढुङ्गाको प्रदेश सांसद बाबुराम गौतमले उद्घाटन गरेका थिए । उद्घाटन सभालाई सम्बोधन गर्दै सांसद गौतमले सहकारी क्षेत्रबाट कृषि क्षेत्रको उत्पादनका लागि कृषकहरु नै सहकारीमा जोडिने बताए । सहकारीमा वास्तविक कृषकहरु नै जोडिने हुँदा सहकारीको माया गर्नुका साथै यसमा गरिने लगानीवाट कृषकहरुले भरपुर फाईदा फाईदा लिनुपर्ने बताएका थिए ।

सहकारी संस्थाको बार्षिक साधारण सभा कार्यक्रमलाई नेपाल बचत सहकारी संस्था नेफ्स्कुनका पूर्व कोषाध्यक्ष तथा नेकपा एमालेका नेता नानीबाबु बुढाथोकी, लिखु गाउँपालिका ओखलढुङ्गाका उपाध्यक्ष अस्मिता थापा लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ता, जेष्ठ बचतकर्ता, नियमित बचतकर्ता, अपाङ्ग बचतकर्ता, सहकारीबाट ऋण लिएर ब्यबसाय गरेका असल व्याबसायी, असल ऋणी, एसईईमा उत्कृष्ट अंक ल्याउने बचतकर्ताका छोराछोरी, आधारभूत तहमा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई बार्षिक साधारण सभाका अबसरमा पुरस्कार तथा सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सहकारीको हाल पूँजि २ करोड ९१ लाख, ८० हजार ५ सय त्रिपन्न रहेको छ । सहकारीमा हाल सेयर लगानी तथा बचत कर्ताको संख्या १ हजार ५ रहेको छ । सहकारीले हाल लिखु गाउँपालिकाका ९ ओटै वडा तथा चम्पादेवी गाउँपालिकाका केहि वडाहरुलाई कार्यक्षेत्र बनाई काम गरिरहेको छ ।