नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

लिखु पाचौं राष्ट्रपति रनिङशिल्ड खेलकुदः ९ पदक सहित ग्रायुसिको अग्रता

ओखलढुङ्गान्युज, पुष १४ लिखु गाउँपालिकामा जारी माद्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत दोश्रो दिन विभिन्न विधाका प्रतियोगिता सम्पन्न भएका छन् । दोश्रो दिनको खेल सकिदा पालिकाको ग्रामोदय युगकवि सिद्धिचरण मावि गाम्नाङटारले ९ पदक सहित अग्रता कायम गरेको छ ।

ग्रामोदय युगकवि सिद्धिचरण माविले ३ स्वर्ण, ४ रजत, २ कास्य सहित अग्रता लिएको हो । त्यस्तै वडा नं. ८ को जालपा मावि टारकेराबारीले पनि २ स्वर्ण, ३ रजत र २ कास्य सहित कुल ७ पदकका साथ दोश्रो स्थानमा रहदै ग्रायुसिलाई पछ्याईरहेको छ ।

त्यस्तै दोश्रो दिनको खेल सकिदासम्म लेति मावि पोकली २ स्वर्ण, २ रजत सहित तेश्रो स्थानमा रहेको छ भने जनजिवन मावि पोकली २ स्वर्ण, १ रजत र २ कास्य सहित चौथो स्थानमा रहेको छ । त्यस्तै यसम मावि यसमले १ स्वर्ण, १ रजत र ३ कास्य प्राप्त गरेको छ । त्यस्तै ज्ञानज्योती मावि कुवापानीले १ स्वर्ण र च्युरीडाँडा मावि च्युरीडाँडाले २ कास्य पदक प्राप्त गरेको छ ।

प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेल सकिदा छात्र–छात्रा दुवै तर्फ १ सय, २ सय, ४ सय र ८ सय मिटरका दौड प्रतियोगिता सम्पन्न भएका छन् । त्यस्तै दोश्रो दिनसम्म सटपुट र महिला तर्फ लङ्जम्पका प्रतिष्पर्धाहरु सकिएका छन् ।

तेश्रो दिन आईतवार छात्र–छात्राको भलिवल, छात्रको लङजम्प, हाईजम्प, ज्याभलिङ थ्रो का स्पर्धाहरुको प्रतिष्पर्धा हुने लिखु गाँउपालिका शिक्षा शाखाका निमित्त शाखा प्रमुख पोकल मगरले जानकारी दिए । प्रतियोगिता आईतवार नै सम्पन्न गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने शिक्षा शाखाका निमित्त प्रमुख मगरले जानकारी दिए ।