नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा ट्रयाक्टरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

ओखलढुङ्गान्युज, पुष १४ ओखलढुङ्गामा ट्रयाक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मोलुङ गाउँपालिका वडा नं. २ रामपुर बस्ने ५२ बर्षिय गजेन्द्र राई रहेका छन् ।

शनिवार साँझ साँढे ५ बजेतिर सिद्धिचरण नगरपालिका वडा नं. ११ को देउराली स्थित भित्री सडकखण्डमा ना २ त ८९२५ नम्बरको ट्रयाक्टरले ठक्कर दिदा पैदल यात्री राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

पैदल यात्री राईलाई ठक्कर दिने ट्रयाक्टरका चालक मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं.९ बस्ने ३२ बर्षिय चालक खिर बहादुर मगरलाई नियन्त्रणमा लिईएको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

राईको घटनास्थलमा ने मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट गएको प्रहरी निरीक्षकको टोलीले मुचुल्का तयार गरी शबलाई पोष्ट मार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।