नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

१३१ औं माओ जयन्तीको अवसर पारेर काठमाडौंमा बैद्य समूहको लालमार्च

ओखलढुङ्गान्युज, पुष १० । आज पुष १० अर्थात कम्युनिष्टहरुको गुरु माओको १३१ औं जयन्ती । माओ जयन्तीको अबसर पारेर नेपालका विभिन्न ठाँउमा कम्युनिष्ट घटक पार्टीहरुले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाएका छन् ।

माओ जयन्ती मनाउने क्रममा आज मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको युवा संगठन क्रान्तिकारी युवा संगठन, नेपालले  काठमाडौंमा युवाहरुको विशाल लालमार्च प्रदर्शन गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको अध्यक्ष मोहन वैद्य किरण स्वयम्ले नै लालमार्चको नेतृत्व गरेका थिए । लालमार्चमा सहभागीहरुले दलाल राज्यव्यवस्था र साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुका विरुद्ध चर्को नाराबाजी गरेका थिए ।

अध्यक्ष किरणले मशाल बालेर र झण्डा उत्तोलन गर्दै माओदिवस समारोहको उद्घाटन गरेका थिए । खुल्लामञ्चबाट निकालिएको लालमार्च जमल, घण्टाघर, बागबजार, पुतलीसडक, पद्मोदयमोड, प्रदर्शनीमार्ग, शहीदगेट, सुन्धारा, वायुसेवा निगम, वीरअस्पताल हुँदै रत्नपार्क शान्तिबाटिकामा पुगेर विशेष समारोहमा परिणत भएको थियो ।