नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सशस्त्र प्रहरीका हवल्दारको ओखलढुङ्गामा लडेर मृत्यु

ओखलढुङ्गान्युज, पुष १० सशस्त्र प्रहरी बलका एकजना हवल्दारको ओखलढुङ्गामा भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बल नेपाल २२ नम्बर गण हेडक्वाटर गुहेश्वरी, भक्तपुर दरबन्दी रहेको ३८ बर्षीय फणिन्द्र बहादुर आलेमगर रहेका छन् ।

हबल्दार आलेमगरको स्थायी घर ओखलढुङ्गा जिल्ला कै मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. १ मोली हो । उनी केहि दिन अगाडी मात्रै कार्यालयको कामले ओखलढुङ्गामा खटिई आएका थिए । हबल्दार आलेमगर कामको शिलशिलामा गाउँमा गएको बेला शोमबार राति मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. १ मोलीको भाल्दार पाखाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए । उनी भिरबाट अन्दाजी ५ सय मिटर तल खसेको र घटनास्थलमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घटना पश्चात मृतक हवल्दार आलेमगरको शबलाई मंगलबार विहान पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाईएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र प्रहरी चौकी ठूलाछाप निशंखेवाट गएको प्रहरीको टोलीले घटनास्थलको मुचूल्का तयार गरी कानूनी प्रकृया पुरा गरेर शबलाई पोष्ट मार्टमका लागि पठाईएको प्रहरीले जनाएको छ ।