नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

मानेभञ्ज्याङ्गमा अध्यक्ष कप फुटवलका विजेताले नगद ५ लाख पाउने

विजेताले नगदसँगै २.५ तोला सुन २०० तोला चाँदी मिश्रित ट्रफी पाउने

ओखलढुङ्गान्युज, पुष ८  मानेभञ्ज्याङ्ग गाउँपालिकाले कोशी प्रदेश स्थानीय तह अध्यक्ष कप फुटवल प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिता आगामी पुष १९ देखी २९ गते सम्म मानेभञ्ज्याङ्ग गाउँपालिकाको वडा नं. ३ उँबुमा रहेको ब्ओकुला खेल मैदान रिनुवालमा सञ्चालन हुनेछ ।

प्रतियागिताका विजेताले नगद रु ५ लाख सहित २ दशमलब ५ तोला सुन र २ सय तोला चादी मिश्रीत भएको ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै प्रतियोगिताका उपविजेताले नगद रु ३ लाख नगदका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरि प्रतियोगिता अन्तर्गत सेमिफाईलमा पुग्न सफल अन्य दुई टिमले पनि क्रमशः नगद र १/१ लाख प्राप्त गर्ने तथा प्रतियोगिता फिफाको नियम अनुसार सञ्चालन हुने प्रतियोगिता आयोजक समितिले जनाएको छ ।

त्यसैगरि प्रतियोगिता अन्तर्गत प्रत्येक खेलका उत्कृष्ट खेलाडीले नगद रु. ५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिता अबधीभरका उत्कृष्ट गोल रक्षकलाई नगद रु १० हजारका साथमा ट्रफी, सर्वाधिक गोलकर्ता १० हजार नगदका साथमा ट्रफी र उत्कृष्ट खेलाडीले नगद रु १५ हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन कोशी प्रदेश भित्रका जिल्लाका आ–आफ्नो पालिका भित्रका खेलाडी मात्र हुनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगिता आयोजना गर्दा जुन कुनै एक टिम विजयी बने पनि खेलाडी पहिचान, श्रोत साधनको सदुपयोग प्रदेश भित्र नै रहने भएकोले कोशी प्रदेशका १४ जिल्लाका स्थानीय तहमा छरिएर रहेका खेलाडीहरुलाई कलेक्सन गर्ने उद्धेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

खेलाडीको पहिचान एवम् संरक्षणका साथै खेल क्षेत्रमा लगानी भएन भन्ने गुनासो आइरहेको बेला कोशी प्रदेशका सम्बन्धित स्थानीय तहका खेलाडीहरुलाई एकिकृत तथा पहिचान गराउने उद्देश्यका साथ ठूलो पुरस्कार राशीको प्रतियोगिता आयोजना गरेको मानेभञ्ज्याङ्ग गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । गाउँपालिकाको आफ्नै लगानीमा निर्माण भएको ११ ए साईडको फटबल ग्राउण्ड उँबुमा भएकोले प्रतियोगिता त्यहि सञ्चालन हुने अध्यक्ष रुम्दालीे बताए ।

प्रतियोगिताले कोशी प्रदेशसँगै कोशी प्रदेश भित्र रहेका जिल्लाका स्थानीय तहमा कहाँ कस्ता खेलाडी छन् भनेर पहिचान हुने तथा गाउँपालिकाले खेलाडी एकिकृत गर्नका लागि समेत यो अबसर भएको अध्यक्ष रुम्दालीले बताए । स्थानीय तहको खेलाडीको पहिचान तथा प्रोत्साहनको समेत अबसर भएकोले प्रतियोगितामा सहभागी हुन खेलाडीहरु सम्बन्धित पालिकाको पहिचान र सिफारिस सहित पालिकाको झण्डा र लोगो लिएर सहभागी हुनुपर्ने प्रतियोगिताको नियम समेत बनेको अध्यक्ष रुम्दालीले बताए ।