नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै आँच आउन दिन्नः राष्ट्रपति पौडेल

ओखलढुङ्गान्युज, पुष राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै आँचआउन नदिन आफु लागि पर्ने बताउनुभएको छ । शनिबार उद्योग परिसंघ विराटनगरले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । 

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आफूलाई तागत रहुञ्जेलसम्म संविधानले दिएको भूमिकामा रहि संविधानको रक्षा र सफल कार्यान्वयनमा निष्ठापूर्वक निर्वाह गर्ने बताउनुभयो । कोशी प्रदेश उद्योग व्यवसायको धरोहर भएकोले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माणमा उद्योगी व्यवसायीको भूमिका अपरिहार्य रहेको राष्ट्रपति पौडेलले बताउनुभयो । अहिले देशले उत्पादन र निर्यातलाई बढाउदै आयात प्रतिस्थापन गर्न नसकेको भन्दै यस्तो अवस्थामा विदेशी मुद्राको संचिति मजबुत हुनु आवश्यक रहेको समेत बताउनुभयो ।

सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले मुलुकमा सम्मानजनक रोजगारी नहुँदा र युवाशक्ति विदेश पलायन भइरहेको प्रति चिन्ताव्यक्त गर्नुभयो । वन, खनिज र कृषिमा आधारित उद्योगको स्थापना गरि रोजगारी सृजना गर्न उद्योगी ब्यावसायीले नै नेतृत्व लिनुपर्ने राष्ट्रपति पौडेलको भनाई छ । निर्यात प्रवर्धन र आयात प्रतिस्थापन गरि आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सबै देशवासी जुट्न आग्रह गर्नुभयो ।

सूचना प्रवधिनीतिलाई सहज गरिदिने हो भने व्यापार घाटामा महत्वपूर्ण योगदान हुने बताउदै राष्ट्रपति पौडेलले जलवायू परिवर्तनले निम्त्याई रहेको जटिल परिस्थिति प्रति सचेत भएर महत्वपूर्ण रूपमा काम गर्नुपर्नेमा जोडदिनुभयो । कोशी प्रदेशमा रहेका हलेसी, बराहक्षेत्र, पाथिभरा लगायतका धार्मिक तथा आकर्षक पर्यटकीय क्षेत्रको विकास गरेर अर्थतन्त्रमा योगदान पु¥याउन आवश्यक रहेका राष्ट्रपति पौडेलले बताउनुभयो ।

कार्यक्रममा विराटनगरका उद्योगी, व्यवसायी लगायतले राष्ट्रपति पौडेललाई अभिनन्दन समेत गरेका थिए । कार्यक्रममा राष्ट्रपति पौडेलले कोशी प्रदेशका २१ जना स्वतन्त्रता सेनानी, सबैभन्दा बढी निर्यात गर्ने उद्योगी र विराटनगरका पत्रकारद्वय अनन्त न्यौपाने र शंकर खरेललाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्नुभएको थियो ।