नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

मोलुङका वडा अध्यक्ष कमल वानियालाइ पुत्र शोक

ओखलढुङ्गान्युज, पुष ६ । जिल्लाको मोलुङ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कमल बानियालाई पुत्र शोक परेको छ । वडा अध्यक्ष बानियाको छोरा यन्जल बानियाको उपचारका क्रममा विहिवार निधन भएको हो ।

उपचारका क्रममा

यन्जलको उपचारका क्रममा बिहिबार न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । यन्जल करीब एक महिना अगाडी अचानक बिरामी भएपछि काठमाण्डौंको न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अस्पतालमा उपचारका क्रममा बालकमा ब्रेन ट्युमर भएको पुष्टि भएको थियो । ब्रेन ट्युमर रहेको पुष्टी भएपछि अस्पतालमा नै केहि दिन अगाडी मात्र अप्रेसन गरिएको थियो ।

सफल अप्रेशन पश्चात बालकको स्वास्थ्य अबस्थामा सुधार आएको थियो । बालकको स्वास्थ्यमा क्रमशः सुधार हुदैगएको भएपनि १० बर्षकै उमेरमा विहिबार अकल्पनीय निधन भएको हो ।