नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

लिखुमा शिक्षक तथा महिला स्वास्थ्य स्वयमसेविकाका लागि एकदिने आधारभूत आँखा उपचार तालिम

ओखलढुङ्गान्युज, मंशिर २७ जिल्लाको लिखु गाउँपालिकामा एकदिन आधारभूत आँखा उपचार तालिम सम्पन्न भएको छ । लिखु गाउँपालिकाका महिला स्वास्थ्य स्वयम्सेविका र विद्यालयका शिक्षकहरुका लागि लक्षित गरि तालिमको आयोजना गरिएको हो ।

तालिममा आँखामा समस्या भैहालेमा कसरी प्राथमिक उपचार गर्ने ? आँखाको कसरी सुरक्षा गर्ने ? भन्ने लगायतका विषयमा जानकारी गराईएको तालिमका प्रशिक्षक नेपाल रेडक्रस सोसाईटी सामुदायीक आँखा केन्द्र प्रमुख टिका राईले जानकारी दिईन् । तालिममा विद्यार्थीहरुको दृष्टि परीक्षण कसरी पहिचान गर्ने ? विद्यार्थीहरुको आँखाका कारण हुने सामान्य र असामान्य अबस्था कसरी छुट्याउने तथा असामान्य भएकालाई कहाँ कसरी रिफर गर्ने भन्ने विषयमा शिक्षकहरुलाई प्रशिक्षण प्रदान गरिएको आँखा केन्द्र प्रमुख राईले जानकारी दिईन् ।

तालिम मंगलबार गाउँपालिकाका नौवटै वडाका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई प्रदान गरिएको थियो भने बुधबार भने विद्यालयका शिक्षकहरुका लागि प्रदान गरिएको थियो । तालिम तिलगंगा आँखा प्रतिष्ठान जिल्ला सामुदायीक आँखा केन्द्र ओखलढुङ्गाको आयोजनामा सम्पन्न भएको हो ।