नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

सोलुखुम्बुको केरुङमा एक घरमा आगलागी ५० लाख बढीको क्षति

ओखलढुङ्गान्युज, मंशिर २७ सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ८ केरुङको एक घरमा आगलागी भएको छ ।  मंगलबार विहान स्थानीय आङ ङिमा शेर्पाको घरमा आगलागी हुँदा ५० लाख भन्दा बढीको क्षति भएको हो ।

मंगलबार बिहान करीब ४ बजे स्थानीय आङ ङिमा शेर्पाको ढुंगा, माटोले बनेको र जस्ताको छानो भएको ३ तले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामचन्द्र शाहले जानकारी दिए । प्रहरी निरीक्षक शाहका अनुसार आगलागीबाट घर सहित घरभित्र रहेका ६ तोला सुन, ५० तोला चाँदी जलेर नष्ट भएको छ ।

आगलागी के कारणले भएको हो भनेर हाल सम्म कारण खुल्न नसकेको सोलुखुम्बु प्रहरीले जनाएको छ । घर पुर्ण रुपमा जलेर नष्ट भएपछि करिब ४ घण्टापछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सोलुखूबुले जनाएको छ ।