नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

भलिबलको उपाधीसँगै चम्पादेवी १ पलापुले पायो १ लाख

 

ओखलढुङ्गान्युज, मंशीर २६ । लिखु गाउँपालिकाको वडा नं. ६ खाल्टे माटेबेशीमा सम्पन्न खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. १ पलापुले जितेको छ । उपाधि जित्दै पलापुले नगद रु १ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।

आइतबार सम्पन्न प्रथम स्थानका लागि भएको निकै प्रतिस्तर्धात्मक खेलमा सोझो ३-० को सेटमा चम्पादेवी १ पलापुले लिखु तामाकोशी ४ रातमाटालाइ पराजित गर्दै उपाधि हासिल गरेको हो । पलापुले रातमाटालाइ २५-२३, २५-२२ र २५-२१ को सेटमा पराजित गरेको हो । पराजित भएसँगै रातमाटाले दोश्रो भएको छ । दोश्रो भएको रातमाटाले नगद रु ७५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।

शोमबार नै तेश्रो स्थानका लागि भएको प्रतिस्पर्धात्मक खेलमा पनि गोकुलगंगा गाउँपालिका १ चुचुरे विजयी भएको छ । प्रतिस्पर्धात्मक खेलमा चुचुरेले सिद्धिचरण नगरपालिका १ तलुवा, ओखलढुङ्गालाइ २५-२३, २५-२१, १९-२५ र २५-२१ को सेटमा पराजित गर्दै तेश्रो बनेको हो । तेश्रो हुदै चुचुरेले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । सान्त्वना भएको तलुवाले नगद रु २५ हजार पाएको छ ।

प्रतियोगितामा उत्कृष्ट रेजर चम्पादेवी पलाका रमेश श्रेष्ठ, उत्कृष्ट लिब्रो चम्पादेवी पलापुका शिवराम मगर, उत्कृष्ट ब्लकर गोकुलगंगा चुचुरेका विवेकध्वज कार्की, उत्कृष्ट सर्भर लिखु तामाकोशी रातमाटाका हरि बहादुर मगर, उत्कृष्ट सटर लिखु तामाकोशी रातमाटाका रोशन मगर, उत्कृष्ट खेलाडी चम्पादेवी पलापुका ससित मगर घोषित भए ।

 

त्यस्तै उत्कृष्ट टिम कोच चम्पादेवी पलापुका गगन श्रेष्ठ घोषित भए । उत्कृष्ट घोषित भएका खेलाडीहरु तथा टिम कोचले नगद सहित मेडल, ट्रफि र प्रमाणपत्र पाए । विजेता टिम तथा खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीले नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।