नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

वडा स्तरीय भलिबलमा रातमाटा र पलापु फाइनलमा

ओखलढुङ्गान्युज, मंशिर २४ । लिखु गाउँपालिकाको वडा नं. ६ खाल्टे माटेबेशीमा जारी खुल्ला वडा स्तरीय भलिबल प्रतियोगितामा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. १ पलापु र रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं. ४ रातमाटा फाइनलमा पुगेको छ । 

आइतबार भएको पहिलो सेमीफाइनल खेलमा रामेछापको लिखु तामाकोशी गाउँपालिका ४ रातमाटाले रामेछाप जिल्लाकै गोकुलकुन्ड गाउँपालिका १ चुचुरेलाई २-१ सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । त्यस्तै दोश्रो सेमिफाइनल खेलमा चम्पादेवी १ पलापुले सिद्धिचरण नगरपालिका १ तलुवालाइ पराजित गर्दै फाइनलमा लिखु तामाकोशी गाउँपालिका ४ रातमाटा सँगको भेट पक्का गरेको हो । 

अब प्रथम र दोश्रो स्थानका लागि पलापु र रातमाटा शोमबार भिड्नेछन् । त्यस्तै तेश्रो र सान्त्वना स्थानका लागि चुचुरे र तलुवा शोमबार नै भिड्नेछन् । प्रतियोगितामा विजेता हुने टीमले क्रमशः नगद रु १ लाख, ७५ हजार, ५० हजार र २५ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।