नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराँती लिखुमा आउदै

ओखलढुङ्गान्युज, मंशिर २३ । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती ओखलढुङ्गा आउने भएका छन् । जिल्लाको लिखु गाउँपालिका वडा नं. ६ खाल्टेमा रहेको सिद्धेश्वर महादेव खाल्टेको तेश्रो बालाचतुर्दशी जात्रा महोत्सवको उद्घाटन गर्न मन्त्री किराँती ओखलढुङ्गा आउन लागेका हुन् ।

महोत्सवको उद्घाटन गर्न मन्त्रीहरु हेलिकप्टरमा लाखौं खर्च गरेर दौडिरहेको अबस्थामा मन्त्री किराँती भने हेलिकप्टरको प्रयोग नगरीकन नै ओखलढुङ्गा आउन लागेका हुन् । मन्त्री किराँती गाडी मार्फत आज शनिवार खाल्टे आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

जनयुद्धका समयमा केहि समय ओखलढुङ्गाको लिखु गाँउपालिकामा समय विताएका मन्त्री किराँतीले शनिवार र आईतवार विहान लिखु गाँउपालिकाको विभिन्न वडाहरुमा स्थलगत भ्रमण गर्ने कार्यक्रम रहेको छ । स्थलगत भ्रमण कार्यक्रम अन्तर्गत मन्त्री किराँती लिखु गाउँपालिका वडा नं. ६ र ७ का केहि स्थान सँगै पालिकाका अन्य वडा एवम् रामेछापका केहि स्थानहरुमा समेत भ्रमण गर्ने कार्यक्रम रहेको मन्त्री किराँतीको सचिवालयले जनाएको छ ।

महोत्सव अन्तर्गत गत २१ गते देखी खाल्टेमा वडा स्तरीय खुल्ला भलिवल खेल प्रतियोगिता सञ्चालन भैरहेको छ । भलिबल प्रतियोगितामा ओखलढुङ्गा र रामेछापका गरि १५ टीमले सहभागिता जनाएका छन् । महोत्सव अन्तर्गत सुरु भएको भलिबल प्रतियोगिताका विजेताले शिल्ड, मेडल र प्रमाणपत्रका साथमा नगद रु १ लाख प्राप्त गर्नेछन् । त्यस्तै दोश्रो, तेश्रो र सान्त्वना हुने टीमले पनि क्रमश नगद रु ७५ हजार, ५० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्ने टीमले पनि नगद रु २५ हजारका साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।