नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

मोलुङमा भिरबाट लडेर एक महिला गम्भिर घाईते

ओखलढुङ्गान्युज, मंशिर २१ जिल्लाको मोलुङ गाउँपालिकामा एक महिला भिरबाट लडेर गम्भिर घाईते भएकी छन् । घाईते हुनेमा मोलुङ गाउँपालिका वडा नं. ५ प्राप्चा चिउरीबोटेकी ५२ बर्षिया घन कुमारी सुनुवार रहेकी छन् ।

सुनुवार आज विहिबारको रामपुरको हटिया भरेर घर फर्कने क्रममा मोलुङ गाउँपालिका वडा नं. २ रामपुरको पाखा भिरबाट करीब २ सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक बलिष्टार सिंहले जानकारी दिए । सुनुवार भिरबाट लडेको भन्ने खबर पाउनसाथ स्थानीय र ईलाका प्रहरी कार्यालय रामपुरको प्रहरी टोली पुगेर उद्धार गरि उपचारका लागि सामुदायीक अस्पताल सोब्रु पठाईएको अधिकारी प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

घाईते सुनुवारको दाहिने हातको पाखुरा, पञ्जा र चिउँडोमा चोट लागेको, तत्काल बोल्न नसक्ने भई अवस्था गम्भीर रहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घाइते महिलाको हाल अस्पतालमा नै उपचार भैरहेको पनि प्रहरीले जनाएको छ ।